आफ्नै श्रीमतीलाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

१० वैशाख, काठमाडौं । ललितपुरको गोदावारी गोदामचौर स्थिित श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मानसिक सन्तुलन ठीक नभएका सिन्धुलीका जयबहादुर वाइवा रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँका अनुसार सिन्धुली घर भएका ४२ वर्षीय जयबहादुर वाईवालाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जग्गा भाडामा लिई टहरा बनाई बसेका आफ्नै ४१ वर्षीया श्रीमती सुनमाया अधिकारीलाई धारिलो हतियार खुर्पाले घाँटीमा प्रहार गर्दा मृत्यु भएको महानगरीय प्रहरी प्रभाग, बाँडेगाउले जनाएको छ ।

प्रकाशित : २०७६, १० बैशाख मंगलवार १५:४९