एमसिसी र अतिक्रमित सिमा फिर्ता गर्नु पर्ने भन्दै चन्द्रागिरिमा विरोधमा प्रदर्शन

  • 8
    Shares

काठमाडौं । -अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसेन(एमसिसी) र अतिक्रमित सिमा फिर्ता गर्नु पर्ने भन्दै चन्द्रागिरिमा विरोधमा प्रदर्शन भएकाे छ ।

राष्ट्रिय झण्डा सहित चन्द्रागिरिमा रहेकाे ११ दलिय युवा जागरण संयुक्त माेर्चाले एमसिसी सम्झौता खारेज गर,राष्ट्रिय स्वाधीनता रक्षा गराैं,एमसिसी धाेक्का हाे षड्यन्त्रको पाेक्का हाे,लिम्पियाधुरा कालापानी लिपुलेक हाम्रै हाे,भारतीय सेना कालापानी छाेड जस्ता नारा लगाउदै र्‍यालीको अायाेजना सहित विराेध प्रदर्शन गरेका हुन् ।

थानकोटबाट सुरू भएकाे र्‍याली गुर्जुधारामा अाएर काेण सभामा परिनत भएकाे थियाे ।

काेण सभामा बाेल्दै नेकपा क्रान्तिकारी माअाेवादी वैद्यका नगर इन्चार्ज सुरेश तामाङले देशलाई वचाउन र राष्ट्रिय स्वाधीनताकाे लडाइँमा यवाहरू सशक्त भएर एकताबद्ध तवरले लाग्नु पर्ने बताए । नगर ईन्चाज तामाङले मिलिनियम च्यालेन्ज कर्पाेरेसन एमसिसि कुनै हालतमा संसदवाट पास हुन वाट राेक्न र जसरी भएपनि खारेजी गरिनु पर्ने उनको भनाई छ ।

राष्ट्रिय जनमाेर्चाका नेता लिला बहादुर जिसिले एमसिसी इन्डोप्यासिफिक रणनीतिअन्तर्गत भएको भन्दै संसदको चालू अधिवेसनबाटै पारित गराउन प्रधानमन्त्री केपी ओलीले टुप्पीदेखि पैतलासम्मको बल लगाएको उनीहरुकाे आराेप छ।


कार्यक्रममा नेपा पाटीका केन्द्रीय काेषाध्यक्ष विष्णु भक्त गाेपालीले ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा केपी ओली यसलाई पारित गराउने दाउमा लागेकाे बताउद‌ै नेपाललाई विदेशी शक्तिको क्रिडास्थल र रणभूमि बनाउने एमसिसी सम्झौताको खारेजीका लागि नेपाली जनता पनि एकताबद्ध भएर संघर्षमा सम्मिलित हुँदै गइरहेका उल्लेख गरे ।

जनता समाजवादी नेपालका नेता राजु राेक्काले कालापानी,लिम्पियाधुरा,लिपुलेक लगायतका सिमा बचाउ अभियानमा सवै नेपाली एक भएर नेपाली भुमी फिर्ता गराउने अभियानमा सरिक हुनु पर्ने भन्दै राष्ट्रियताकाे पक्षमा सवैले बुलन्द अावाज उठाउनु पर्नेमा जाेड दिएका थिए ।

एमसिसी संसदको कार्यसूचिबाट नहटाउँदासम्म खारेजीका लागि एकसूत्रीय माग बनाउने निर्णय उनीहरुले गरेका

प्रकाशित : २०७७, १६ असार मंगलवार १६:२२