चन्द्रागिरिमा उच्च सतर्कता नअपनाए खतराकाे घण्टी बज्याे,१० जनामा काेराेना संक्रमण

नगरपालिकाले बिशेष कार्यदल बनाएर १ देखि १५ वडा सम्मकाे निगरानी राख्न जरूरी

  • 495
    Shares

असार २०, काठमाडौँ — चन्दागिरि नगरपालिकामा मात्र शुक्रबार १० जनामा कोरोना संक्रमण देखिएको छ ।

नगरपालिकाको मातातिर्थस्थित जनविकास विद्यालयको क्वारेन्टाइनमा बसेको ४ जनामा सक्रमन देखिएकाे चन्द्रागिरि नगरपालिका ८ का वडा अध्यक्ष सन्तोष खड्काले बताए ।

बाहिर देशबाट आएका ६ जनामा कोभिड –१९ संक्रमण पुष्टि भएको नगरप्रवक्ता हरिभक्त महर्जनले पुष्टि गरे ।क्वारेन्टाइनमा रहेका दाङका २९ वर्षीय पुरुष, सिन्धुलिका ४२ वर्षीय, अर्घाखाँचीका ५३ वर्षीय र काभ्रेका ३१ वर्षिय पुरुष रहेकाे नगरपालिका स्राेतले बतायाे ।

क्वारेन्टाइका संक्रमित असार ५,६ र ७ गते नगरपालिका प्रवेश गरेका थिए उनिहरूकाे कन्ट्रयाक टेस गरिरहेकाे नगरपालिकाले जनाएको छ ।

अन्य ६ जना संक्रमित अरु देशबाट आएको र उनीहरुको खोजी भइरहेको नगर प्रबक्ता महर्जनले बताए ।क्वारेन्टाइनमा ४ जना संक्रमित बलम्बुस्थित सशस्त्र प्रहरी कोभिड–१९ अस्पतालमा पुर्‍याइसकेको छ ।

प्रकाशित : २०७७, २० असार शनिबार ०१:०५