चन्द्रागिरी साकोस उत्कृष्ट ब्यबसाय पुरस्कार बाट सम्मानित

  • 13
    Shares

काठमाडौ, असार २० काठमाडौंको थानकोट स्थित चन्द्रागिरी बचत तथा ॠणसहकारी सस्था उत्कृष्ट ब्यबसाय पुरस्कार २०७६ बाट सम्मानित भएको छ ।

नेपाल को सहकारी अभियान को शीर्षस्थ निकाय राष्ट्रियसहकारी महासङ्घ बाट प्रदान गरिने पुरस्कर को लागि चन्द्रागिरी साकोस छनोट मा पर्न सफल भएको हो ।

सम्मान पत्र

चन्द्रागिरी साकोस यसअघी पनि विभिन्न पुरस्कर हरुबाट सम्मानित भइसकेको साकोस् हो ।ग्रामीण समुदाय मा बितिय साक्षरता बढाउन चन्द्रागिरी साकोस लाई नमूना साकोस को रुपमा चिनिन्छ ।

सस्थाले बितिय कारोबार का साथै समुदाय केन्द्रित सामाजिक उतरदायित्व र सदस्यहरु को हितलाई मध्यनजर गर्दै विभिन्न योजना हरुमार्फत सदस्यहरु को जिबनस्तरमा सुधार ल्याउन चन्द्रागिरी साकोस को विशेष योगदान रहदै आएको छ ।

असार २० गते ९८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्थाका अध्यक्ष शिवशंकर मानन्धर र प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई नगद तथा सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित : २०७७, २१ असार आईतवार १९:३८