दलाई लामाको जन्मदिनमा अनाथ बालबलिका लाई सहयोग

काठमाडौ ,असार २२ धार्मीक गुरु दलाई लामा को ८५औ जन्मोउत्सव नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।
नेपालमा लगायत विश्वभरी ठुलो सङख्यामा लामाका अनुयायीहरु छन् उनिहरुले आफ्नो आदर्शका रुपमा दलाईलामालाई मान्नेगर्छन् । सोही अनुरुप उनिहरुले लामाको जन्मउत्सवलाई समाजसेवा मा केन्द्रित गरेका छन् ।

सर्लाहीका बिरबहादुर थिङ दलाई लामाप्रति भक्तिभाव राख्छन उनले गुरुको जन्मउत्सब मा अनाथ बालबालिका हरुसँग मनाएका छन् चन्द्रागिरि नगरपालिका को नैकाप मा रहेको कैलाश बालबिकास केन्द्रमा रहेका १७ जना अनाथ बालबालिका लाई खाधसामाग्री बितरण गरेर र उनिहरु सँगै केक काटेर दलाई लामाको जन्मदिन मनाएका हुन् उक्त आश्रममा विभिन्न जिल्ला का १७ जना अनाथ बालबालिकाहरु ले आश्रय लिईरहेका छन् ।

त्यसै गरि बिभिन्न गुम्बाहरु मा पनि लामाको जन्मदिनलाई बिशेष रुपमा पुजा आरधना र गरिब दिनदुखी हरुलाई सहयोग गरि मनाईएको छ स्वयम्भु बौद्द लगायतका ठाउहरुमा तिब्बती मुलका नेपाली र नेपाली बौद्दधर्मावलम्बीहरुले बौद्द धर्मगुरुप्रति बिशेष सम्मान गर्दै जन्मदिन मनाएका हुन् ।

उनिहरुले गुरु को जन्म दिनलाई बिशेष दिनका रुपमा लिने र गुरुको उपदेशअनुसार दिनदुखी लाई सहयोग गर्न केहिप्रशित रकम समाजसेवालाई छुट्याउने गरेको धार्मिक गुरु लामा का अनुयायी तथा समाजसेवी बिरबहादुर थिङ ले बताए । यो पटक परिवार का सदस्यहरु सहित अनाथालयममा पुगेर आर्थिक ,जिन्सी सहयोग गर्न पाउदा आफुलाई साच्चिकै धर्म गरेको महसुस भएको बताए ।

नेपाल लगायत बिश्वब्यापी रूपमा ठुलो सङख्यामा लामाका अनुयायीहरु छन् उनिहरुले आफ्नो आदर्शका रुपमा लामालाई मान्नेगर्छन् । उनिहरुले लामाको जन्मउत्सवको उपलक्ष्यमा दिन दु.खी लाई सहयोगमा जुट्ने गरेका छन् ।

दलाई लामा बौद्धधर्मका धार्मीक गुरु हुन् उनि भारत मा निर्बासीत जिवन बिताउदै निर्बासीत सरकार समेत चलाईरहेका छन् । लामालाई अमेरीका युरोप लगायत शक्तिराष्ट्र्का नेताहरु,कुटनीतिज्ञ र प्रशासकहरु ले सामाजिक सन्जालमार्फत शुभकामना सन्देश पठाएका छन् ।

पछिल्लो समय चीन स्वसाशीत तिब्बत मा आफ्नो मागहरुमा लचकता अपनाउदै आफ्नो उपस्तिथि का लागि मध्यमार्गी बाटो अपनाउन आफू तयार रहेको बताउदै आएका छन् ।