नेपाल प्रहरीको २८ औं आईजिपिमा सैलेश थापा

  • 95
    Shares

२३ असार काठमाडौं : नेपाल प्रहरीको २८ औं आईजीपीमा सैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।

आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । निवर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवालीकाे ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीले २८ औं आईजीपीमा थापा क्षेत्रीलाई पाएको हो ।

प्रतिस्पर्धीहरुबीच नेतृत्वमा पुग्न अस्वस्थमा हरिबहादुर पाल पनि दावेदारीकाे रूपमा हेरिरहेको थियाे। उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्।

शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए।

क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एकमा पर्दछन्।महानिरीक्षक क्षेत्रीले बिहीबारदेखि संगठन सम्हाल्नेछन्।

प्रकाशित : २०७७, २३ असार मंगलवार १९:०४