सभामुख अग्नी सापकोटाको आँखाको शल्यक्रिया

२४ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।
काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा उनको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले बिहान १० .३० बजे शल्यक्रिया गरेको हो ।

केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो ।
उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयंले व्यहोरेको उनको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोली र तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

सार्बजानिक पद धारण गरेका ब्यत र नेताहरुले अनाबश्यक खर्च गर्ने गरिरहेको बेला सभामुख ले भने खर्च आफै बेहोर्ने र सरकारी अस्पतालमा उपचार गराएर उदारणीय बन्ने प्रयास गरेका छन् ।