अजोड इन्स्योरेन्सको आईपीओ बिक्री खुल्यो, न्युनतम १० कित्ता आवेदन दिन सकिने

  • 5
    Shares

अजोड इन्स्योरेन्सको प्राथमिक शेयर ९आईपीओ० बिक्रि खुला भएको छ। कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार देखि बिक्रि खुला गरेको हो।

त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी रहने २६ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको आईपीओ असार २५ गतेदेखि २९ गतेसम्म बिक्री खुला हुनेछ। त्यस अवधिमा माग अनुसार आवेदन नपरे साउन ८ गतेसम्म आवेदन दिने मिति लम्बिन सक्नेछ।
कम्पनीको आईपीओमा प्रति शेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओमा शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, शेयर प्रत्यभुतकर्तामा ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटल छन्।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ। त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ।
योसंगै नयाँ इन्स्योरेन्स कम्पनीहरूमा आईपीओ जारी गर्ने अजोड इन्स्योरेन्स पहिलो बनेको छ। यस्तै, जनरल इन्स्योरेन्स कम्पनी, रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्स आईपीओ जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुगिसकेका छन्।

प्रकाशित : २०७७, २५ असार बिहीबार १४:२५