सिन्धुपाल्चोक भाेटेकाेशी गाउँ पालिकाकाे लार्चामा पहिराेले बगाउँदा एक जनाकाे मृत्यु (भिडियाे सहित )

  • 2
    Shares

२६ असार काठमाडौं । सिन्धुपाल्चोककाे भाेटेकाेशी गाउँ पालिका वडा नम्बर ३ लार्चा फुँमाछेमा पहिराे जादा एक जनाकाे मृत्यु भएकाे छ ।

बिहान ६ वजे भैरव कुण्ड र फुँङमाछेबाट  आएकाे खाेलाकाे वाढी संगै आएकाे पहिराेमा परि एक जनाकाे मृत्यु भएकाे हाे ।

भाेटेकाेशी गाउँ पालिका वडा ३ का अध्यक्ष कैलाश पाैडेलले मृत्यु हुनेमा साेहि स्थानका ५७ वर्षिय नाङ्चे मगर रहेकाे पुष्टि गरे । वडा अध्यक्ष पाैडेलका अनुसार उनकाे सव पहिराेले लगेकाे कारण भेटिएकाे छैन ।

भाेटेकाेशी गाउँ पालिका वडा ३ लार्चाका स्थानीय गाेविन्द शेर्पाले पहिराेका कारण स्थानिय सुनिल शेर्पा,लाेर्के तामाङ सहित तीन जना घाइते भएकाे बताए ।

उक्त क्षेत्रमा १४ घर बिस्थापित भएकाे छ । पहिराे र वाढीका कारण ८ वटा घर बगाईसकेका छन् भने ६ वटा घर बगाउने अवस्थामा छन् । त्यस्तै पहिराेकै कारण भाेटेकाेशी गाउँ पालिका वडा नम्बर ३ ढुगुना गडीमा क्षेति पुर्याएकाे छ ।

पहिराेले १० घरहरू जाेखिम भए पछि सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । पानी परिरहकाे कारण र ठाउँ ठाउँमा पहिराेका कारण घटना स्थलमा प्रहरी पुग्न सकिरहेकाे छैन ।

पहिराेका कारण त्यस स्थानमा दुई ठाउँमा पहिराे गएपछि स्थानीयहरू विचमा फसेका छन् भने केहिलाई उदार गरि ड्राईपाेटमा अाएका छन् । पानी पर्न कम भए पछि बाकीकाे उदार गरिने वडा अध्यक्ष पाैडेलले जानकारी दिए ।

भिडियो

सिन्धुपाल्चोककाे भाेटेकाेशी गाउँ पालिका वडा नम्बर ३ लार्चा फुँमाछेमा पहिराे जादा एक जनाकाे मृत्यु

Posted by Cnewsnepal.com on Thursday, July 9, 2020

प्रकाशित : २०७७, २६ असार शुक्रबार ११:४४