अपराध र अपराधी विरुद्ध अपराध महाशाखाकाे १३ बर्षकाे हत्या काण्ड अप्रेसन

४ असार काठमाडौ ।भान्जाको अपहरणपछि हत्या गर्ने एक पुरुषलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । आफ्नै ११ वर्षीय भान्जाको हत्या गरी फरार रहेका ४५ वर्षीय राजेश कुमार गुप्तालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सर्लाहीबाट पक्राउ गरेको हो । भारतको बिहार स्थायी घर भइ हाल काठमाडौं खिचाँपोखरी बस्ने वासुदेव गुप्ताका ११ वर्षीय छोरा रोहित गुप्ताको २०६४ असोज २४ गते अपहरणपछि हत्या भएकाे थियाे । अपहरणपछि दुई लाख फिरौति रकम समेत मागिएको थियो । फिरौति रकम बुझाउन राजेश नै गएका थिए ।                             

उनले अपरिचित व्यक्तिहरु आएर रकम लगेको बताएका थिए । शुरुमा अपराधिको खोजतलासी गर्न समेत सघाएका राजेश केही समयपछि भने फरार भएका थिए ।     

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले अनुसन्धानका क्रममा राजेश र उनकै पसलमा काम गर्ने विष्णु सुनाले बालकको हत्या गरेको खुलेको बताउनु भयाे । थापाका अनुसार विष्णु सुनार २०६४ कार्तिक १२ गते नै पक्राउ परेकाे र हाल उनी कारागारमा रहेको र कारबाही प्रकृया अघि बढाइएकाे अपराध महाशाखाले जनाएकाे छ ।