बेशिसहर-चामे सडक अबरुद्ध, सर्बसाधारण मर्कामा

  • 6
    Shares

साउन ६ काठमाडौ । मनाङ जोड्ने बेशिशहर चामे सडकखण्ड को बिभिन्न स्थानमा पहिरो जाँदा सडक अबरुद्द भएको छ ।

केही दिन यताको लगातार बर्षाले बेसीसहर चामे सम्पर्क बिच्छेद भएको छ जिल्ला प्रहरी कार्यलय लमजुङका अनुसार बेसीसहरदेखी चामेसम्म बिभिन्न ठाउँमा पहिरो गएको छ ।

बर्षाले बेसीसहर चामे सडकअन्तर्गत पर्ने म्यार्दि भिर,शिरचौर,च्याम्चेलगायतका ठाउहरुमा पहीरोले ले बाटो पुर्णरुपमा अबरुद्द भएको छ ।

अबरुद्द बाटो खुलाउने प्रयास गरिए पनि बर्षा का कारण स्काभेटर चलाउन कठीनाई भएको शसस्त्र प्रहरी बल ३२ नम्बर गुल्म का गुल्म्पती शसस्त्र प्रहरी नायब उपरीक्षक रमेश भुवाजीले बताए ।

बाटो अबरुद्द भएर सवारीसाधन नचल्दा मानिसहरु जोखीम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।
पहिरो पन्छाउने कार्य जारी रहे पनि पुर्ण रुपमा सडक खुल्न केही समय लाग्ने भएको छ ।

प्रकाशित : २०७७, ६ श्रावण मंगलवार १३:१२