ठगी गरि फरार व्यक्ति पक्राउ

  • 35
    Shares

काठमाडौं, ११ वैशाख
ठगी मुद्दामा फरार प्रतिबादी बाग्मती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्य कीर्तिपुर नगरपालिका १३ बस्ने ३८ वर्षीय कृष्ण कुवँरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर जिल्ला अदालतबाट २०७३ फागुन ११ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष कैद तथा ६ लाख २८ हजार ६ सय ९ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका कृष्ण कुवँरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर ठिमीबाट फेला पारी पक्राउ गरेको हो ।
कृष्णलाई ललितपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको प्रहरी प्रधान कायालयले जनाएको छ ।

प्रकाशित : २०७६, ११ बैशाख बुधबार १४:५६