पहिरोले दार्चुलाकाे लेकम गाउँपालिकामा दुईजना बेपत्ता

  • 14
    Shares

६ साउन दार्चुला । लगातार भइरहेको वर्षाले मालिकार्जु गाउँपालिका–८ पस्ती (औडाखान) स्थित लक्ष्मी ढोलीको घरमाथि पहिरो खस्दा दुईजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार लेकम गाउँपालिका घरभई दिदी भेट्न पस्ती पुगेका अर्जुन दर्जी र मिलन दर्जी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले पहिरोमा परी घाइते ३५ वर्षीय लक्ष्मी ढोली वर्ष ९ का छोरा शुभम् परियार, वर्ष १२ की छोरी सोनिया परियारलाई घर भित्र च्यापिएको अवस्थामा प्रहरीले जिवितै उद्दार गरेको बताए ।

घाइतेहरुलाई उपचारका लागि पस्ती स्वास्थ्य चौकीमा पठाएको छ ।

प्रकाशित : २०७७, ६ श्रावण मंगलवार १४:४१