पूर्वडिआइजी रञ्जन कोईराला रिहाई फैसला बिरुद्द महान्यायाधीवक्ता कार्यलयले पुनराबेदन दिने

  • 4
    Shares

काठमाडौ ,आफ्नै श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाइदिएको सर्वोच्च अदालतको फैसलाविरूद्ध महान्यायाधीवक्ता कार्यालयले पुनरावेदन दिने भएको छ।
महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले कोइरालाको कैद सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको इजलासले उल्लेख गरेको मुलुकी ऐन १८८ नम्बरको प्रयोग यसअघि सर्वोच्चले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरीत हुने भन्दै पुनरावलोकन गर्न खोजिएको बताए।
कोइरालाको मुद्दामा हामी पुनरावलोकन गर्न जाने भन्ने छ। निर्णय भैसकेको त छैन तर तयारी गरिरहेका छौं। पुराना नजिर खोज्ने र ड्राफ्टिङको काम भइरहेको छ उनले भने।

सर्वोच्च अदालतले जेल सजाय घटाएपछि कोइराला आजै कैदमुक्त भएका छन्।
कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला चर्को पर्न जानेु भन्दै असार १५ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको कैद सजाय घटाइदिएको थियो।
कोइरालाले साढे ८ वर्षअघि आफ्नी श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्याई पेट्रोल छर्केर जलाएका थिए।
गीताले नै रिस उठाएका कारण रञ्जनले मारेको भन्दै सर्वोच्चले उनलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्व सहितको जन्मकैद सजाय घटाइदिएको हो।

जिल्ला र पुनरावेदन अदालतले कोइरालालाई दोषी ठहर गरेको फैसला मिले पनि सर्वस्वसहित जन्मकैदको सजाय नमिलेको सर्वोच्चको तर्क छ।
कोइरालालाई जन्मकैदको सजाय घटाएर प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले ८ वर्ष ६ महिनामा झारेका हुन्।
कोइराला लामो समयपछि घर जाँदा उनकी श्रीमती गीताले व्यापार गर्ने पैसा मागेका कारण विवाद उठेको र रिसको आवेगमा आई धकेल्दा मृत्यु भएको भन्दै सर्वोच्चले कोइरालाको जन्मकैद घटाएर साढे ८ वर्षमा झारिदिएको हो।

प्रकाशित : २०७७, ८ श्रावण बिहीबार १६:२४