सीतापाइला बुढाथोकी काेल्डस्टाेर नजिक एक युवतीमाथि एसिड प्रहार

  • 14
    Shares

८ साउन, काठमाडौं । बिहीबार साँझ सीतापाइला स्थित बुढाथोकी काेल्ड स्टाेर नजिक एक युवतीमथि एसिड प्रहार भएको छ ।

ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि अनुहारमा एसिड एसिड प्रहार भएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले ती युवतीलाई कीर्तिपुरस्थित अस्पतालमा लगिएको बताए ।

महानगरीय प्रहरी बृत्त स्वयम्भूले एसिड प्रहार गर्नेको खोजी गरिरहेकाे छ ।

प्रकाशित : २०७७, ८ श्रावण बिहीबार २१:५२