जङ्गली विषालु च्याउको तरकारी खाँदा मृत्यु हुनेकाे संख्या ४ पुग्याे

  • 15
    Shares

१३ साउन, सुर्खेत । जङ्गली विषालु च्याउको तरकारी खाँदा जाजरको कुशे गाउँपालिका-१ स्याँक्रीकी एकै चारजनाको मृत्यु भएको छ ।

यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए ।

थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने यसअघि सोमबार गाउँमै मृत्यु भएको थियो ।

बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको हाे ।

बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको छ

टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललिते र ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको अस्पताल स्राेतले बताएकाे छ ।

प्रकाशित : २०७७, १३ श्रावण मंगलवार २०:१३