प्रहरी समायोजनको स्वीकृत, महानगरीय प्रहरी हेडक्वाटर मातहत

  • 18
    Shares

१३ साउन काठमाडौँ । गृह मन्त्रालयले तयार पारेको प्रहरी समायोजन सम्बन्धि प्रस्ताव स्वीकृत भएको छ । बुधवार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सातै प्रदेशका गृहमन्त्रीहरुको बैठकले समायोजन प्रस्ताव पारित गरेको हो ।

प्रधानमन्त्री सम्मिलित गृहमन्त्रीहरुको बैठकले महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने निर्णय गरेको गृहका एक उच्च अधिकारीले बताए । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी हुनेछ ।

महानगरीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाम भने परिवर्तन हुने भएको छ ।

प्रकाशित : २०७७, १४ श्रावण बुधबार २२:२०