सङक्रमण को जोखीम यथावत,बिहीबार थपिए २ सय ७४ संक्रमित

  • 6
    Shares

बिहीबार देशभर कोरोनाका २ सय ७४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।

यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट २ सय २७ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार २ सय ४८ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ।

हाल देशभर ५ हजार २ सय २७ सक्रिय संक्रमित छन्। त्यस्तै ५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

 

प्रकाशित : २०७७, १५ श्रावण बिहीबार १७:२८