साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक

१५ साउन काठमाडौं । गृहमन्त्रालयले साँझ ७ वजे देखि बिहान ७ बजेकाे समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ।

बिहीबार एक विज्ञप्ति जारी गरेर गृहमन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको जनाएको हाे ।

मन्त्रालयका सह प्रबक्ता उमाकान्त अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार (साउन १५) देखि नै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको आवागमन पूर्ण बन्द गराइनेछ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन निर्देशन दिइएको सह प्रबक्ता अधिकारीकाे भनाइ छ ।                                              

प्रकाशित : २०७७, १५ श्रावण बिहीबार २२:५४