एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने

  • 2
    Shares

काठमाडौं स् एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको करिब ३४ करोड रुपैयाँ बराबरको आइपीओ आज शुक्रबार साउन १६ गतेबाट बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्कासन गरेको हो । कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५५ अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

यसैगरी, २५ अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यसबाट बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यो सेयरमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस समयभित्र सबै सेयर बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमा न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरोसयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य रहेको छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ ।

कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर ९१४।३ मेगावट०, स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन ९२८।१ मेगावट०, मध्य तमोर हाइड्रोपावर ९५४ मेगावट० र हिमालयन पावर पार्टनर ९२७ मेगावट०, लगायतका परियोजनामा लगानी गरेको छ ।

प्रकाशित : २०७७, १६ श्रावण शुक्रबार ११:२८