काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाबाट परीक्षण गर्दा २४ लाई देखियो कोरोना

  • 21
    Shares

काठमाडौं १६ साउन, उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट परीक्षण गरिएकामध्ये २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
संकलन भएको नमूनामध्ये झन्डै ३ हजार ४ सयको परीक्षण गर्दा २४ जनामा संक्रमण पोजेटिभ देखिएको छ, उनले भने।

तीन वटा नाकामध्ये संक्रमित संख्याको प्रतिशत बढी फर्पिङ र साँगा नाकाको रहेको प्रवक्ता गौतमले जनाए।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि मन्त्रालयले मुख्य प्रवेश विन्दुबाट १० हजार जनाको परीक्षण गर्ने भनेको छ।

जस अनुसार ८ हजार ५ सय स्वाब संकलन गरिसकिएको छ। त्यहीमध्ये झन्डै साढे ३ हजारको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।
अझै धेरै नमूना परीक्षण गर्न बाँकी रहेकाले यो संख्या बढ्ने देखिन्छ।

प्रकाशित : २०७७, १६ श्रावण शुक्रबार १२:२९