प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ७२ पुग्यो

  • 7
    Shares

१६ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।
सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको हो ।
हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित : २०७७, १६ श्रावण शुक्रबार १२:४९