तुलसीपुर उपमाहानगरपालिका प्रशासकिय प्रमुख उपाध्याय घुस सहित नागढुङ्गावाट पक्राउ

  • 13
    Shares

१६ साउन काठमाडौं । तुलसीपुर उपमाहानगरपालिका प्रशासकिय प्रमुख कृष्णकान्त उपाध्याय घुस सहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालकाे टाेलीले प्रशासकीय प्रमुख उपाध्यायलाई चन्द्रागिरिकाे नागढुङ्गावाट घुस सहित रङ्गेहात पक्राउ गरेकाे हाे ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालकाे टाेलीले खानतलासी गर्दा घुसबापत लिएकाे रकम १ लाख २४ हजार ७ सय ५६ रूपया नगद र १४ लाख बराबरको बैंक डिपोजिट रसिद र तीन थान माेवाईल सहित बरामद गरेकाे छ ।

घुस रकम लिएकाे सुराकीकाे आधारमा अधिकारीलाई बुट्वल देखि ट्र्याक गर्दै अन्तत नागढुङ्गा नाकामा रोकि खोजतलास गरिएको थियो ।उपाध्याय दाङबाट बा २ झ ४०९० नम्बरको ब्रेजा गाडीबाट काठमाडौं आएका हुन् ।

प्रकाशित : २०७७, १६ श्रावण शुक्रबार २१:४६