गुल्मीमा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु

  • 16
    Shares

१७ साउन, गुल्मी । गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको हाे ।

३० वर्षकी बिना बोटेमाझीकाे श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।

सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेर नजिकैकाे स्कुलमा राखिएको थियाे ।

प्रकाशित : २०७७, १७ श्रावण शनिबार ०७:०७