ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि बग्गीखाना सिल, एसएसपीसहित ३१३ जना क्वारेन्टिनमा

  • 27
    Shares

१८ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि महाशाखालाई सिल गरिएकाे छ ।

एसएसपी भिमप्रसाद ढकालसहित ३१३ जनालाई क्वारेन्टिनमा राखिएको हाे ।

गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने सशस्त्र प्रहरी अस्पताल बलम्वुमा पठाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ एसएसपी भिमप्रसाद ढकालले क्वारेन्टिनमा बसेर सेटबाटै ट्राफिक गतिविधि निगालिरहेका छन् ।

उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको ढकालकाे भनाइ छ ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३१३ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

प्रकाशित : २०७७, १८ श्रावण आईतवार १२:२६