भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित

  • 50
    Shares

१८ साउन काठमाडौ । भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

गृहमन्त्री शाहले ट्विट गर्दै आफूमा कोरोना संक्रमण पोजिटिभ देखिएको जानकारी दिएका छन् ।

उनले ट्विटमा भनेका छन्, ‘कोरोनाको सुरुवाती लक्षण देखिएपछि मैले परीक्षण गराएँ र रिपोर्ट पोजिटिभ आएको छ । मेरो स्वास्थ्य ठीक छ । तर डाक्टरको सल्लाहअनुसार अस्पताल भर्ना हुँदै छु । मेरो अनुरोध छ कि तपाईंहरू जो पनि पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आउनुभएको छ भने कृपया आफूलाई आइसोलेट गरेर जाँच गराउनुहोला ।’

उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन गइरहेको बताएका छन् ।

शाहले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आउने सबैलाई आइसोलेसनमा बस्दै आफ्नो कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित : २०७७, १८ श्रावण आईतवार १८:२१