प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना

  • 14
    Shares
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सक्रमण पुष्टि भएको छ।
बुधबार साँझ आएको रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री यादवले जानकारी दिए।
साउन १८ गते काठमाडौंबाट फर्केका मन्त्री यादवले १९ गते स्वाब दिएका थिए। कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताए।
उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उनीहरु काठमाडौं आएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी थिए ।
‘हिजो मेरो रिपोर्ट पनि पोजेटिभ आएको छ, सर्तकता अपनाई यससँग लड्ने छु,’।
उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अपिल गरेका छन्। उनी अहिले सरकारी निवासममै सेल्फ क्वारेन्टिनमा छन्।
प्रदेश २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण २१ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित : २०७७, २२ श्रावण बिहीबार ११:५३