जाेर-बिजाेर उलङ्घन गर्ने १३२ सवारी साधनलाई कंलकीमा हाेल्ड उपत्यका भरि ७३६

२२ काठमाडौं साउन । सरकारले आज (बिहीवार)देखि लागू हुने गरी निजी र सार्वजनिक सवारीसाधन जाेबिजाेर प्रणालीमा चलाउने निर्णय कार्यान्वयनकाे गर्ने क्रममा नियम उलङ्घन गर्ने सवारीसाधनलाई कंलकी चाेकमा हाेल्ड गरिएकाे छ।

बिहिवार जाेर नम्बरको सवारी साधन चल्नु पर्नेमा बिजाेर सवारी साधन चलाएकाे पाईए पछि १३२ सवारी साधनलाई हाेल्ड गरि कारबाही गरेकाे महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले जनाएकाे हाे ।

महानगरिय प्रहरी प्रभाग कंलकी प्रमुख पुरूषाेत्तम कार्कीले बिहान ५ वजे देखि ११ बजे सम्म समझाईवुझाई गरि छाडेकाे र एक वजेवाट हाेल्ड गर्न सुरू गरिएकाे बताए । प्रहरी निरीक्षक कार्कीले भने,”हाेल्ड गरिएकाे र नियम उलङ्घन गरिऐकाे सवारीसाधनहरूलाई ८ वजे छाडिने छ ।”

महानगरीय ट्राफिक बृत्त महाराजगन्जका प्रहरी निरीक्षक केशवराज भट्टका अनुसार ६ वजे सम्म ८५ सवसवारी साधन हाेल्ड गरिएको जस मध्य ४ पाङग्रे ८ वटा रहेका छन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख भिम प्रसाद ढकालका अनुसार उपत्यकामा ६ वजेर ३० मिनेट सम्म ७३६ वटा सवारीसाधनहरू हाेल्ड गरिएकाे बताए ।

सरकारले लकडाउन अन्त्य गरेपनि काेराेना भाइरसका संक्रमितकाे संख्या बढ्न थालेपछि गृह मन्त्रालयले यो कदम चालेको थियाे । यससँगै अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्ने नियम छ ।

यो निर्णय काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सय पुगेका जिल्लामा लागू हुनेछ।