काठमाडौं उपत्यकामा १ सय ६ जना संक्रमित थपिए, उपत्यकामा जोखिम झनै चूनौतीपूर्ण बन्दै

  • 87
    Shares

काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ संक्रमित थपिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ सय ६ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौं उपत्यकामा जोखि झनै चुनौतीपूर्ण बन्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्ड पूरा गर्न सर्वसाधारणमा अपील गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ललितपुरका ३ जना, काठमाडौंका १४ जना, संक्रमण पुष्टि भएको छ । यस्तै शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा भक्तपुरका २ जना, काठमाडौंका ३९ जना, लतिलपुरका ३ जनामा संक्रमण देखिएको छ ।

उता नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका १ जना, भक्तपुरका १जनामा संक्रमण देखिएको छ । यस्तै, पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका ५ जना, भक्तपुरका १ जना, ललितपुरका २ जनामा संक्रमण देखिएको छ ।

यता, प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका ७ जना, वीर अस्पतालमा बाँकेका १ जना, काठमाडौंका ४ जना, र त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा भएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण देखिएको छ ।

यता, स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका ११ जना, ललितपुरका १ जनामा संक्रमण देखिएको छ । वीर ल्याब काठमाडौंमा ललितपुरका १ जना र काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ ।

सोर्या हेल्थ केयर काठमाडौंमा काठमडौंका ४ जना र ह्याम्स अस्पतालमा काठमाडौंका ४ जनामा संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा ७७०, ललितपुरमा १२४ र भक्तपुरमा ८२ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या ९ सय ८२ पुगेको छ ।

प्रकाशित : २०७७, २३ श्रावण शुक्रबार २२:१५