भर्चुअल अन्तरक्रिया मार्फत वैकल्पिक सिकाइ लाई जोड

  • 80
    Shares
२५ साउन काठमाडौं । विगत ४ महिना देखिको बनदाबन्दीले गर्दा सिङ्गो शिक्षा क्षेत्र नै नराम्ररी प्रभावित भएको छ । हाल सरकारले बन्दाबन्दीको अन्त्य भएको घोषणा गरेतापनि कोरोना भाइरस सङ्क्रमण फेरि बढ्न थालेको छ। कतिपय जिल्लाहरूले फेरि लकडाउन सामना गरिरहेका छन् ।
अझै विकराल अवस्था आउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्। यदि सङ्क्रमणको खतरा यथावत रहनेहो र वैकल्पिक सिकाइलाई जोड नदिने हो भने विध्यार्थीहरू मनोवैज्ञानिक र बौद्दिक ढङ्गबाट धेरै पछाडि धकेलिने कुरा प्रष्ट देखिन्छ।
यस सन्दर्भमा त्रि वि ले कुनै शैक्षिक कार्यक्रम ल्याउन सकेको छैन जसले गर्दा अधिकांश विध्यार्थीहरू निरूत्साहित भइरहेको पाइन्छ।
विभिन्न विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत विधार्थीहरु अन्यौलमा रहदै गर्दा त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र स्नातकोत्तरमा अध्ययन गर्ने देशभर छरिएका विध्यार्थीहरूको छाता संगठन ‘रसायनशास्त्र विद्यार्थी संगठन नेपाल’ (सिसान) ले भने वैकल्पिक सिकाइको रूपमा विगत १५ हप्तादेखि ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’ गर्दै आएको छ।
यसप्रकारको भर्चुअल अन्तर्क्रिया कार्यक्रमबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थी र अन्य सरोकारवालाहरु गरि हजारौको सङ्ख्यामा लाभ लिएको कुरा संस्थाका महासचिव आकाश घिमिरेले जानकारी गराए ।
कार्यक्रमको १५ औ शृङ्खला:
साप्ताहिक रूपमा हरेक शनिवार हुने उक्त कार्यक्रमको १५औं शृङ्खला हिजो  साउन २४ गते सम्पन्न भएको छ । लगभग  २ घण्टा चलेको उक्त अन्तरक्रिया कार्यक्रममा १०० भन्दा धेरै जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभाग मा अध्यापन गराउदै आउनुभएका प्रा.डा. मोतिलाल शर्माले “Hiroshima Nagasaki Tragedy : A Black Spot in Human Civilization” विषयमा बाेलेका थिए ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्गठन का अध्यक्ष समेत रहनुभएका डा. शर्माले आजभन्दा ७५ वर्ष अगाडि सन् १९४५ अगस्ट ६ र ९ गते जापानको हिरोशिमा र नागासाकी क्रमशः मा अमेरिकी पारमाणविक आक्रमण बाट घटेको विध्वंसकारी घटनाको जरा देखि केलाएर त्यसले निम्त्याएको क्षति र विश्व जगतमा त्यस घटनाले पारेको असर सम्बन्धि गहिरो विश्लेषणात्मक प्रस्तुति दिए।
उक्त विषयवस्तु सम्बन्धित उठेका आधा दर्जन बढी प्रश्नहरुको जवाफ उहाँले दिनुभएको थियो। कार्यक्रममा रिकास्ट का डाइरेक्टर प्रा. डा. रामेश्वर अधिकारी, त्रिचन्द्र बहुमुखी क्याम्पस का सह प्राध्यापक सुरेन्द्र कुमार गौतम र अमृत साइन्स क्याम्पस का उप प्राध्यापक देवल प्रसाद भट्टराई को विषेश उपस्थितिका साथ आ-आफ्नो विचार प्रस्तुत गरेका थिए भने देशका विभिन्न क्षेत्रमा रसायनशास्त्र अध्यापन गराउदै आएका अन्य विज्ञहरुको पनि बाक्लो उपस्थिति थियो।
कार्यक्रममा पीएचडी अनुसन्धान विज्ञहरु, केमेस्ट्री, फिजिक्स, माइक्रोबायोलोजी, वायोटेक्नोलोजी तथा फार्मेसीका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो ।
विकास निरौला, राजेन्द्र जोसि र सौरभ कटुवाल को प्राविधिक रहेको उक्त कार्यक्रममा संस्थाका सदस्य सिजन गौतमले डा. शर्माको सर्ट बायो राखे भने सदस्य परिक्षा कार्कीले रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका महासचिव आकाश घिमिरेको सञ्चालन र उपाध्यक्ष सुरज पन्थको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
कोरोना भाइरसको कारण देश लकडाउन भएपछि संगठनले ‘अनलाईन अन्तरक्रिया’ कार्यक्रमको सुरुवात गरेको थियो। सरकारले लकडाउन अन्त्य घोषणा गरे पनि संस्थाले जुम सफ्टवेयर मार्फत सञ्चालन भैरहेको ‘साप्ताहिक अन्लाईन अन्तरक्रिया’ कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष याम रोका मगरले जानकारी गराए । यसमा थप्दै उनले भने ” स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थीका लागि विज्ञहरुसँग हरेक हप्ताको भर्चुअल बसाइँ निकै प्रभावकारी बन्दै गएकोले अन्तरक्रियालाई निरन्तरता दिदैछौं ।
प्रकाशित : २०७७, २५ श्रावण आईतवार १४:५४