काठमाडौं जिल्लामा थप ९० संक्रमित भेटिए

  • 17
    Shares

२५ साउन, काठमाडौं । काठमाडौंमा आइतबार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना मा संक्रमित देखिएका हुन् ।

आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।

प्रकाशित : २०७७, २५ श्रावण आईतवार १७:३७