राष्ट्रपति भण्डारी चीन प्रस्थान

  • 30
    Shares

काठमाडौं ÷११ बैशाख । राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गर्नुभएको छ । भण्डारी बुधबार बिहान ११ बजे नेपाल एयरलाइन्सको जहाजबाट चीनतर्फ प्रस्थान गर्नुभएको हो।

राष्ट्रपति भण्डारीलाई बिदाई गर्न प्रधानमन्त्री केपी शर्मा ओली,उपराष्ट्रपति नन्दबहादुर पुन सभामुख कृष्णबहादुर महरा लगायत त्रिभुवन विमानस्थलमा पुग्नुभएको थियो । वैशाख १६मा राष्ट्रपति भण्डारीको चिनियाँ सकमक्षी सी जिनपिङसहित चिनियाँ उच्चस्तरीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बिआरआई फोरम सम्मेलनमा सहभागी भई केही सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ ।

प्रकाशित : २०७६, ११ बैशाख बुधबार १५:५२