गोंगबु हत्या आरोपीको स्वीकारी बयान–नशालु चक्की खुवाएर बेहोस बनाएँ, अनि हत्या गरेँ’

हत्या भएको घर
  • 4
    Shares

 

काठमाडौँ । गोंगबुको नवज्योती मार्गमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याएको छ ।

आफूलाई कल्पना शाही बताउने हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्थिन् ।

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ बताएकी छिन् । प्रहरीसँग उनले हत्या गर्न कसैको सहयोग नलिएको दावी गरेकी छिन् ।

‘मलाई दुःख दिन आएपछि हत्या गरेको आरोपीको भनाइ छ,’ हत्या अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत का अनुसार ‘शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ ।’

कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट नशा दिने चक्की खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । उनको दावीलाई प्रहरीको स्वतन्त्र अनुसन्धानबाट सो तथ्य पुष्टि हुन भने बाँकी छ ।
मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।

प्रकाशित : २०७७, २७ श्रावण मंगलवार १२:२४