नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी

  • 12
    Shares

३ भदौ, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) दर्ता गरेको छ।

नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गर्न गत १२ असारमा मोरङकी तिवारीको अध्यक्षमा दल दर्ता गर्न आयोगमा निवेदन परेको थियो।

आयोगको बुधबार बसेको बैठकले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको हो।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । त्यसयता एमाले अस्तित्वमा थिएन ।

एमालेले चिन्ह भने पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ।

नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोपसमेत प्रचण्डसहितका नेताहरुले लगाएका थिए ।

नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ ।

प्रकाशित : २०७७, ३ भाद्र बुधबार १६:२३