दुई थान पेस्तोल सहित दुई पक्राउ

  • 16
    Shares

४ भाद्र काठमाडौं ।  हातहतियार सहित प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले हातहतियारकाे काराेवार हुँदै छ भने विशेष सुचनाकाे आधारमा युएसए लेखेकाे दुई थान पेस्ताेल सहित पक्राउ गरेकाे हाे ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले  माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको बताए  । एसएसपी थापाले भने, ”  यश कार्ययमा संम्लन एक जना माछापोखरीबाट समातिएका छन् भने अर्का व्यक्ति नुवाकोटबाट पक्राउ परेका छन् ।”

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–६ का बर्ष २७ काे विकेश पण्डित र लिपु गाउँपालिका–१ घर भएका बर्ष २८ का अमर तामाङ छन् । तामाङले दिएको हतियार लिएर आउने क्रममा पण्डित पक्राउ परेका थिए । त्यसपछि अपराध महाशाखाले प्रहरी निरीक्षक भोलकुमार भट्टको कमाण्डमा नुवाकोटमा टोली पठाएर तामाङलाई उनकै घरबाट पक्राउ गरेको थियो ।

तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका थिए ।  महानगरीय प्रहरी अपराध महाशाखाले घटनाकाे बिषयमा अनुसन्धान गरिरहेकाे र घटनामाा संम्लग्नहरूकाे खाेजी कार्य गरिरहेकाे  छ ।

प्रकाशित : २०७७, ४ भाद्र बिहीबार १२:२०