सशस्त्र प्रहरी अस्पतालमा काेराेनाका कारण एक बृद्धाकाे मृत्यु

  • 78
    Shares

४ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण सशस्त्र प्रहरी अस्पतालमा १ जना पुरूषकाे मृत्यु भएको छ ।

काठमाडौं बालुवाटार निवासी पुरुषको हस्पिटल आएको १ घन्टामा निधन भएको सशस्त्र प्रहरी अस्पताल बलम्वुका प्रबक्ता डाक्टर प्रविन नेपालले पुष्टि गरे ।

करिव ८ दिन देखि काेराेना संक्रमन भए पछि स्वास्थ्य अवस्था जटिल भएपछि ७६ बर्षिय बृद्धालाई अस्पताल ल्याउदा उनको मृत्यु भएकाे हाे ।                                   सव व्यवस्थापनमा सितापाईलामा रहेकाे नेपाली सेनाकाे श्री युद्ध कवच गणका प्रमुख सेनानी देवेन्द्र खड्का नेतृत्वको टाेली परिचालित भएकाे छ ।

कोरोना भाइरस संक्रमणका कारण बिहीबार मात्र ७ जनाको मृत्यु भएको छ ।

योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।

प्रकाशित : २०७७, ४ भाद्र बिहीबार २०:४१