सुख्खा पहिरो खस्दा नारायणगढ –मुग्लिन सडक अवरुद्ध

file photo
६ भाद्र चितवन ।सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दया कृष्ण भट्टले पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको बताए ।
केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ । पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकिएका छन् ।
प्रकाशित : २०७७, ६ भाद्र शनिबार ०९:११