काठमाडौँ उपत्यकामा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतककाे कुल सख्या १५३ पुग्यो

७ भाद्र काठमाडौँ । कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ ।                                                                                                          नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।
नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् ।
मिर्गौलाको समस्या भएका उनलाई आइतबार मात्रै उपचारको लागि मानव अगं प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो ।
यस्तै ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बिरामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो ।
शव व्यवस्थापनका लागि नेपाली सेनाकाे श्री युद्ध कवच गण सितापाईलाका प्रमुख सेनानी देवेन्द्र खड्काकाे नेतृत्वको टाेलीले गर्ने छ ।
यस्तै रुपन्देहीमा बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १५३ पुगेको छ ।
आजै स्वास्थ्य मन्त्रालयले झापा, पर्साका र सर्लाहीका एक एक जनाकोमृत्यु भएकाे जानकारी दिएकाे थियो । तर बुटवल र उपत्यकाका ४ जनाको विषयमा भने मन्त्रालयले औपचारिक जानकारी दिइसकेकाे छैन ।