बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने गुनासो आएपछि ३ सीडीओको बैठकले यस्ताे गर्‍यो निर्णय

  • 68
    Shares
७ भाद्र काठमाडौं । उपत्यकाको  ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ :१५ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ ।
किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले बताए ।
औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाद रुपमा चलाउन सकिने छ ।
बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने गुनासो आएपछि आइतबार बसेको उपत्यकाको तीन सिडिओको बैठकले यस्तो निर्णय गरेको छ ।
दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किनबाट समेत याे निर्णयले सहयाेग पुर्‍याउने छ ।