लियोनन मेस्सीले बार्सिलोना छोड्दै

  • 7
    Shares

१० भदौ काठमाडौं । मंगलबार राति एउटा सनसनी समाचारले फुटबल जगतलाई हल्लाइदियो । स्पेनिस क्लब बार्सिलोनाका कप्तान तथा सुपरस्टार फुटबलर लियोनल मेस्सीले क्लब छाड्न चाहेको सार्वजनिक भएपछि विश्वभर रहेका उनका समर्थक स्तब्ध बने ।

बार्सिलोनाका पर्यायका रुपमा हेरिन्छन् मेस्सी । मेस्सी बिनाको बार्सिलोनाको कल्पना पनि गर्न सक्दैनन् फ्यानहरु । अहिले उनीहरुबीच विभिन्न प्रश्नोत्तर र अड्कलवाजीहरु भइरहेका छन् । किन छाड्न लागे मेस्सीले बार्सिलोना रु अब कुन क्लबमा जान्छन् रु के बार्सिलोनाले मेसीलाई रिलिज गर्ला रु कुन–कुन क्लब छन् मेसीलाई नजर लगाउने रु मेस्सीलाई ७०० मिलयन युरो तिर्न सक्ने क्लब कुन होला रु यस्तै यस्तै ।

 

यी प्रश्नहरु स्वभाविक पनि छन् । दुई दशकदेखि एउटै क्लबमा खेलिरहेका छन् मेस्सी । २००४ देखि बार्सिलोनाको सिनियर टिममा खेलेका मेस्सीका नाममा अनेकन किर्तिमान छन् । आफ्नो टिमलाई कुनै पनि उपाधि जिताउन छुटाएका छैनन् उनले । ला लिगाका सर्वाधिक गोलकर्ता, सर्वाधिक बालोन डेर अवार्ड जित्ने खेलाडी, च्याम्पियन्स लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी आदि आदी ।

यसरी जुन क्लवमा खेलेर सफलताको शिखर चुमे त्यही क्लवलाई किन बाईबाई गर्न चाहन्छन् त मेस्सी रु अहिले सबैको मनमा उब्जेको प्रमुख कौतुहलता यही नै हो ।

पछिल्लो समय खेलाडी र प्रशिक्षकबीच बढेको दूरी, खेलाडी र क्लब व्यवस्थापनबीचको तिक्तता, खेलाडी किनबेच लगायत विभिन्न विषयहरुमा क्लबमा बढेको असमझदारीका कारण बार्सिलोनाका खेलाडीहरु खुशी हुन सकेका छैनन् । अझ पछिल्लो समय ला लिगाको उपाधि रक्षा गर्न असफल हुनु र च्याम्पियन्स लिगमा बायर्नसँग ८–२ को लज्जासपद हारसहित बाहिरिनुले मेस्सीमा पनि दबाब बढेको छ ।

हुन त मेस्सीले फेब्रुअरीमै क्लबको खेल्ने शैलीको आलोचना गरेका थिए । यस्तै पाराले खेल्ने हो भने केही नजितिने उनले ठोकुवा गरेका थिए । अन्ततः मेसीले भनेजस्तै सिजन सकिँदा बार्सिलोनाले केही जितेन । १२ वर्षपछि बार्सिलोना उपाधिविहिन बन्यो ।

केही दिनअघि मात्र बार्सिलोनाले किके सेटिएनलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षकमा क्लबकै पूर्व खेलाडी रोनाल्ड कोएमनलाई २ वर्षको लागि अनुबन्ध गरेको छ । उनीसँग मिटिङ गर्न मेस्सीले आफ्नो छुट्टी छोट्याएर क्यानलाना पुगेका थिए ।

कोएमनले मेस्सीको सेरोफेरोमा युवा खेलाडीहरु सहितको नयाँ योजना बनाउन चाहेका थिए । तर कोएमनसंगको भेटमा मेस्सीले आफू क्लबभित्र भन्दा बाहिर भएको फिल गर्न थालेको बताए । मेस्सी कोएमनबाट सन्तुष्ट हुन सकेनन् ।

यी सबै कारणले गर्दा मेसीलाई बोल्ड निर्णय लिन बाध्य बनाएको बताइन्छ । मेस्सीले क्लबका अध्यक्षलाई आफूले क्लब छाड्ने मनसाय बनाएको भन्दै फ्याक्स पठाएका छन् । यसले बार्सिलोना क्लबदेखि विश्व फुटबललाई नै आश्चर्यमा पार्‍यो ।

मेस्सी १३ वर्षको उमेरमै बार्सिलोना पुगेका थिए । जहाँ उनले युथ करियर सुरु गरे । बार्सिलोना सी, बार्सिलोना बी हुँदै सन् २००४ मा बार्सिलोनाको सिनियर टिममै डेब्यु गरे । मेस्सीले बार्सिलोनामा जितेका ट्रफीको कुनै लेखाजोखा छैन । तर खेलाडीले आजीवन एउटै क्लवबाट खेल्नुपर्छ भन्ने हुँदैन । कुनै न कुनै बेला क्लब छाड्नु नै पर्ने हुन्छ । मेस्सीले अहिले नै सही समय देखे ।

हुन त उनको सम्झौता अझै १ वर्ष बाँकी छ । उनको रिलिज क्लब पनि ७०० मिलियन छ । मेस्सीले पत्रमा आफ्नो रिलिज क्लब तोड्दै ट्रान्सफरका लागि खुल्ला गरिदिन भनेका छन् । तर त्यसको समय जुन १० सम्म मात्र रहेकोले अब मेस्सीले त्यो छुट नपाउने पनि अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

अबको एउटा प्रश्न छ, के उनले यही समरमा जसरी पनि क्लब छाड्लान् रु यदि मेस्सीले बार्सिलोना छाडे भने कुन क्लबमा जालान् रु उनको पूर्व प्रशिक्षक पेप ग्वार्डिओला रहेको म्यानचेष्टर सिटी उनलाई ताकिरहेको छ । यस्तै पछिल्लो समय इन्टर मिलानले पनि मेस्सीलाई अनुबन्ध गर्न चाहेको समाचार बारम्बार आइरहेको छ । इंग्लयाण्डकै म्यानचेष्टर युनाइटेड समेत मेसीलाई अनुबन्ध गर्ने रेसमा अघि देखिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग पनि मेस्सीको नाम जोडिएको छ । पीएसजी त्यही क्लब हो जसले सन् २०१७ मा ब्राजिलियन स्टार नेइमारलाई बार्सिलोनाबाटै कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको थियो ।

गोल डट कमले पीएसजीका लागि किन मेस्सी खराब अनुबन्ध हुन्छ रु शीर्षकमा एउटा सामग्री तयार पारेको छ । यो अचम्म सुनिन सक्छ तर विश्वकै उत्कृष्टमध्ये एक खेलाडीलाई अनुबन्ध गर्नु पीएसजीका लागि खराब हुन सक्ने तर्क त्यसमा गरिएको छ ।

सन् २०११ मा कतारी व्यापारीले पेरिसको क्लब किनेयता नै मेस्सी वा क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने पीएसजीको सपना थियो । अन्तत २०१७ मा पीएसजीले नेमारलाई कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा अनुबन्ध गर्न सफल भयो । पीएसजी त्यतिमै रोकिएन र फ्रेन्च युवा स्टार किलियन एमबाप्पेलाई पनि महँगो रकममा अनुबन्ध गर्‍यो ।

अहिले पीएसजीले मेस्सीलाई पनि ताकिरहेको छ । तर विश्वकै उत्कृष्ट खेलाडी अनुबन्ध गर्नुभन्दा पीएसजीले जर्मन क्लब बायर्न म्युनिखबाट प्रेरणा लिनु ठिक हुनेछ । ९० को दशकमा सुपरस्टार खेलाडीहरु जम्मा पार्दा बायर्नलाई एफसी हलिउडको उपनाम दिइएको थियो । बुण्डेसलिगा क्लब बायर्नले पछिल्लो समय युवा खेलाडीहरुमा लगानी गरिरहेको छ । त्यसैको फल अहिले प्राप्त गरेको छ । बायर्नले यस सिजन ५५ गोल गरेका रोवर्ट लेवान्डोस्कीलाई २०१४ मा फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको थियो । यस्तै २०१८ मा लियोन गोरेट्ज्कालाई पनि त्यसैगरी ल्याएको थियो ।

सर्जी नाब्री, जेरोमी बोएटेङ, मानुएल नोए सबैको खर्च २५ मिलियनभन्दा कम थियो । १९ मिलियन युरोमा अनुबन्ध भएका क्यानेडियन युवा खेलाडी अल्फोन्सो डेभिजले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यी स्मार्ट अनुबन्धहरुलाई पूर्ण बनाउन एकेडेमी खेलाडीहरू डेभिड अलाबा र थोमस मुलर छन् । यस्तै जोसुअ जिर्के क्लबको लागि दिर्घकालिन भविष्य हुने आशा छ ।

आर्थिक बलले सफलता रातारात हात पर्दैन, बुद्धिमानीपूर्वक काम गर्नुपर्दछ भन्ने बायर्नले बुझेको छ । यसको विपरीत पीएसजी आफ्नो सफलताका लागि ब्लकबस्टर ट्यालेन्टमा निर्भर छ । पीएसजीको सुपरस्टार एघार पनि त्यति राम्रो हुन सकेको छैन । यदि पीएसजी मेस्सीको लागि अघि बढ्दैछ भने, यसले बेन्चलाई कमजोर पार्न सक्छ ।

प्रकाशित : २०७७, ११ भाद्र बिहीबार ०८:१४