चन्द्रागिरि नगरपालिका भित्र कुनकुन वडामा कति संक्रमित ?

  • 809
    Shares
राेसन दानी / बिश्वब्यापी रूपमा फैलिएकाे काेराेना भाईरस काेभिड १९ ले राजधानी उपत्यका आक्रान्त बनेकाे छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यासँगै मृत्युदर बढ्दै गएको छ ।                                संक्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनको अर्को स्वरूप निषेधाज्ञा जारी गरेको छ । तर संक्रमण फैलिने क्रम रोकिएको छैन ।राजधानीमा काेराेना नियन्त्रण गर्न सरकारले भदौ ४ गते देखि निरन्तर निषेधाज्ञा जारी गरेपनि संक्रमित संंख्यामा कमि आउन सकिरहेेेकाेे  छैन । यसै  बिचमा चन्द्रागिरिमा पनि संक्रमित संख्यमाा बृृृदि भएकाेे हाेे ।
चन्द्रागिरि नगरपालिका भित्र काेराेना पाेजेटिभ देखिएका नदेखिएको वडाहरू विवरण अनुसार ।

1.चन्द्रागिरि वडा नम्बर १ दहचाेक : २ जना
१ महिला : बर्ष ३९
१ पुरूष : बर्ष ७ नाबालक (डिस्चार्ज भएकाे 2.चन्द्रागिरि वडा नम्बर २ नागढुङ्गा : 0            3.चन्द्रागिरि वडा नम्बर ३ थानकोट : 0
4:चन्द्रागिरि वडा नम्बर ४ काेतघर थानकाेट : ३         जना
महिला : बर्ष ३५
पुरूष : बर्ष ४२,
पुरूष : बर्ष ७
5. चन्द्रागिरि वडा नम्बर ५ किसिपीडि : ३ जना
सवै डिस्चार्ज भएर घरमा सुरक्षित
6. चन्द्रागिरि वडा नम्बर ६ चेकपोस्ट महादेवस्थान :२ जना
दुवै महिला : बर्ष २७ र २५ काे
7.चन्द्रागिरि वडा नम्बर ७ चेकपोस्ट : २ जना
पुरूष : १ वर्ष २६
महिला: १ बर्ष ४०
8.चन्द्रागिरि वडा नम्बर ८ मातातिर्थ : ९ जना
२ जना आईश्वलेसनमा
७ जना डिस्चार्ज
9. चन्द्रागिरि वडा नम्बर ९ मच्छेगाँउ : ५ जना
पुरूष : ४ जना
महिला : १ जना
३ जना डिर्जचाज
१ जना अस्पताल
१ जना हाेम आईश्वलेसनमा                                10: चन्द्रागिरि वडा नम्बर १० सतुङ्गल : २ जना
पुरूष संख्या : २ जना बर्ष ५१नमुना बस्ती
बर्ष ३७ बिन्धवासिनी
11: चन्द्रागिरि वडा नम्बर ११ सतुङ्गल : ११ जना (थप विवरण आउन बाकी पुरूष,महिला र उमेर )
12: चन्द्रागिरि वडा नम्बर १२ बलम्वु : ६ जना
( महिला पुरूष उमेर थप विवरण आउन बाकी)
13: चन्द्रागिरि वडा नम्बर १३ पुरानाे नैकाप : ६ जना
महिला : ३ जना, बर्ष ६५,बर्ष ४०,बर्ष ३४
पुरूष : ३ जना , बर्ष १८,बर्ष ३१,बर्ष ३८
14: चन्द्रागिरि वडा नम्बर १४ नयाँ नैकाप : २ जना
महिला : २ जना ,बर्ष ३९,बर्ष २९
15: चन्द्रागिरि वडा नम्बर १५ तिनथाना : ६ जना हाेम आईश्वलेसनमा सुरक्षित ।             

घनश्याम गिरी (मेयर, चन्द्रागिरि नगरपालिका): स्राेत: सेताेपाटी डटकम (मेयर संवाद )

हाम्रो नगरपालिकामा रहेका संक्रमित दर घटाउनमा हामी लागेका छाै । नगरपालिका भित्र ६५ जना संक्रमित छन्। ती सबै हाम्रो नगरपालिकाभित्रकै छन्। बाहिरबाट आएका छैनन्।

नगरपालिकामा छ जना स्वास्थ्य कर्मचारीमा कोरोना देखिएको छ। समुदायस्तर नै भनौं यसलाई। कर्मचारीका घरको परिवारलाई पनि देखिएको छ। हिजो १ सय २९ जनाको स्वाब परीक्षण गर्दा कर्मचारी थप दुई जनामा देखियो। अरू नेगेटिभ छ।

नगरपालिकाले परीक्षणका लागि क्याम्प नै राखेको छ। संक्रमितहरूको स्वास्थ्यमा जटिलता छैन। लक्षण देखिएकाहरू मनमोहनमा अस्पतालमा छन्। लक्षणयुक्त दुई जना एपिएफ अस्पताल बलम्बुमा छन्।

नगरपालिकामा पोजेटिभ आएका कर्मचारीहरू आइसोलेसनमा छन्। सशस्त्र प्रहरी अस्पताल र मनमोहनमा ६०० बेडको आइसोलेसन छ। यसकारण हामीलाई नयाँ आइसोलेसन बनाउन आवश्यक परिसकेको छैन। त्यहाँ भेन्टिलेटर र आइसियू पनि छन्। २२ वटै होलान् एपिएफ अस्पतालमा।

हामीले नगरपालिका पूरै सिल गरेका छौं। पिसिआर टेस्ट गराउने कामलाई पनि तीव्रता दिएका छौं। अहिलेलाई हाम्रो तयारी र कार्यक्रम यति नै हो।

एकीकृत आइसोलेसन बनाउनेबारे सबै नगरपालिकाका मेयरबीच छलफल भइरहेको छ। विपन्न वर्गलाई राहतको कार्यक्रम भने अहिले छैन।

                                                                               राजधानी भित्र्ने र बाहिरिने मुख्य नाका भएकै कारण पनि चन्द्रागिरि संक्रमनकाे उच्च जाेखिममा रहेकाे हाे । नगरपालिका रहेका स्वास्थ्यकर्मी र कर्मचारी लाई पनि संक्रमन देखि सकेकाे अवस्थामा नगरपालिकाले छिटाे भन्दा छिटाे संक्रमण राेकथाम गर्न प्रत्येेेक वडाहरूमा चेकजाँच गर्नुकाे साथै सामुदायिक अस्पताल थानकोट नगरपालिकामा विशेष संयन्त्र सहित डाक्टरहरूकाे टाेली गठन गरेर याे युद्ध  लड्न आबश्यक  छ ।  यस कार्यमा सवैकाे आआफ्नो तवरले साथ र सहयाेग आवश्यक छ ।                                                                                याे तथ्यांक सिन्युज नेपालले आफ्नै स्राेतबाट तयार पारेकाे हाे ।

प्रकाशित : २०७७, ११ भाद्र बिहीबार २२:५०