रोल्पामा बञ्चरोको बिड प्रहारबाट एकजनाको मृत्यु

  • 4
    Shares
१२ भदौ,  राेल्पा । रोल्पामा बञ्चरोको बिड प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
परिवर्तन गाउँपालिका– ३ इरिबाङ (बाघमारा) का ४४ वर्षिय रामचरण बादीले सोही स्थानका ४० वर्षिय मनबहादुर बादीलाई बञ्चरोको बिड प्रहार गरेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरिक्षक शंकर खड्काकाले बिहिबार राति करिव २ बजेतिर चिनी माग्ने बाहना बनाएर मानबहादुरको ढोका ढकढक्याउन आएका रामशरणले मानबहादुरले ढोकाखोल्ने बित्तिकै मनबहादुर माथि बञ्चरोको बिडले टाउकोमा हिर्काएका थिए । टाउकोमा गम्भीर चोट लागेपछि रक्ताम्य भएका बादीको केही समयपछि घटनास्थलमै मृत्यु भएको बताए ।
श्रीमानकाे घटनास्थलमै मृत्यु भएपछि मृतककी श्रीमतीले तत्काल प्रहरीलाई खवर गरेकी थिइन् । घटना भएको केही समयमै घटनास्थल पुगी हत्या गरेको अभियोगमा रामचरणलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रवक्ता खड्काले बताए ।
उनका अनुसार हत्या अभियोगमा पक्राउ परेका बिरूद कर्तब्य ज्यान सम्वन्धी मुद्धा चलाईएकाे छ ।

प्रकाशित : २०७७, १२ भाद्र शुक्रबार २१:३७