प्रभुबैङ्कद्वारा प्रहरी लाई स्मार्ट टिभी हस्तान्तरण

  • 134
    Shares

काठमाडौ भदौ १३,प्रभु बैंक लि. कोटेश्वर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महानगरीय प्रहरी प्रभाग कोटेश्वरलाई एक थान स्मार्ट टेलिभिजन प्रदान गरेको छ ।
समाजमा घट्ने विविध घटनाहरु न्यूनीकरण कार्यमा सघाउ पुऱ्याउने उदेश्य ले उक्त सहयोग गरिएको हो ।

सिसिटिभीका लागि प्रयोग हुने एक थान स्मार्ट टेलिभिजन महानगरीय प्रहरी प्रभाग कोटेश्वर का प्रमुख प्रहरी निरीक्षक राजन लामालाई प्रहरी प्रभाग कोटेश्वरमा उपस्थित भई प्रभुबैङ्क कोटेश्वर शाखाप्रमुख सुवीर घलेले हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रभाग प्रमुख लामाले सामाजिक कार्यप्रति चासो देखाएर बैंकले गरेको सहयोगको लागि धन्यवाद दिए भने दाताका तर्फबाट शााखाप्रमुख घलेले यस किसिमको सहयोग प्रभु बैंकले गर्दै आएको र भविष्यमा पनि गरिरहने जानकारी गराए ।

निजिक्षेत्र सग संम्बन्धित सङघ सङघठनहरु ले यस्ता खालका सहयोग हरु सामाजिक उतरदायित्व अन्तर्गत गर्दै आईरहेका छन् यस्तो सहयोग ले सरोकारवालाहरु लाभान्वित हुने गरेका छन् ।

प्रकाशित : २०७७, १३ भाद्र शनिबार १२:२४