एनआरएनए दुबईका निर्दोष पदाधिकारीको निलम्बन फुकुवा हुने

काठमाडौं । एनआरएनए दुबईमा केहि समययता विवाद देखिएको छ ।
व्यक्तिहरुले गल्ती गरेको र गल्ती गरेको मान्छेहरुबाहेक अन्य गल्ती नगरेका मान्छेलाई पनि कारबाही हुन थालेपछि विवाद बढेको हो ।
यद्यपि अब विवाद समाधान हुने भएको । एनआरएनए दुबईका पदाधिकारीहरु निर्दोष देखिएका छन् । केहि दलालहरुले ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै ९ देखि १० लाख रुपैयाँ उठाएर दुबईमा अलपत्र बनाएको समाचारहरु प्रकाशन भएका थिए ।
यसरी अलपत्र पार्ने काममा लाग्नेहरुहरुलाई संरक्षण गरेको भन्दै एनआरएन दुबईका अध्यक्ष भिम मल्ल, उपाध्यक्ष निराजन खत्रि र एनसीसी युएईका उपाध्यक्ष नरेश शेनलाई निलम्बवन गरिएको थियो । तर उनीहरु निर्दोष देखिएका हुन् ।
उनीहरु मध्ये उपाध्यक्ष निराजन खत्रीलाई विवाद समाधान हुने बेलासम्म भन्दै पिनलम्बन गरिएको थियो । उनको निलम्बन फुकुवा हुने भएको छ । उनी निर्दोष व्यक्ति हुन् । एनआरएनए अध्यक्ष प्रकाश कोईरालाले बिज्ञप्ति जारी गर्दै आफू पीडितहरुको पक्षमा रहेको बताएका थिए ।
उपाध्यक्ष खत्रीको भने यो प्रकरणमा कुनै संलग्नता नरहेको बताइएको छ । खत्रीसँग फोटो खिचेका केहि व्यक्तिहरु झगडामा सहभागी भएकै आधारमा उनलार्य पनि निलम्बन गर्नुपर्ने माग उठेको थियो ।
आफू निर्दोष रहेको बताएका छन् । जबकी कुनै व्यक्तिसँग चिनजान भएको व्यक्ति गल्ती गर्यो भने चिनजान भएकै आधारमा तैले पनि गल्ती गरिस् भन्न मिल्दैन ।  तर यहाँ फोटो सँगै खिचेकै भरमा आफूमाथि निराधर आरोप लगाएको खत्रीले बताए ।
खत्री एक इमान्दार र समाजसेवी व्यक्ति हुन् । उनको संलग्नता नदेखिए पछि उनको निलम्बन फुकुवा हुनेछ ।

प्रकाशित : २०७७, १४ भाद्र आईतवार १३:०५