कालिकोटको नाग्म पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३ पुग्यो

कालिकोट, १४ भदाै । तिलागुफा नगरपालिका वडा नं. १ मा पहिरो जाँदा तीन जनाकाे शव फेला परेकाे छ ।
जुम्ला र कालीकोटको सिमानामा पर्ने कालीकोटको तिलागुफा नगरपालिका वडा नं १ को नाग्म बजारमा पहिरो खस्दा चार ओटा घर पुरिएका छन ।  घरभित्र कम्तीमा पनि दश जना मानिस पुरिएको हुनसक्ने अनुमान गरिएकाे हाे ।
पहिरोमा पुरिएर शुभकालीका गाउँपालिका वर्ष ५ का निराजन शाही,शुभकालीका गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष ४० काे प्रयाग शाही र उनकाे  ८ बर्षिया छाेेेरी हिमा शाही रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआईजी बसन्त पन्तले बताए ।
डिआईजी पन्तका अनुसार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका- ३ का ११ वर्षीय अर्जुन हमाल,हिमागाउँपालिकाकी ३५ वर्षिया पन्ना शाहीको पनि जिवितै उद्धार गरिएको छ ।
उनिहरूलाई जिवितै उद्दार गरी थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।
भिरालो जमिनमा रहेको बस्तीका घरहरूको सिरानमा जथाभावी पानी छोडेकाले पहिरो गएको स्थानीयले बताएका छन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]