चन्द्रागिरि नगरपालिका भित्र काेराेना भाईरस (काेभिड १९)काे संक्रमित संख्या ९१ पुग्याे,४७ जना भए डिस्चार्ज

  • 219
    Shares
चन्द्रागिरि नगरपालिका भित्र काेराेना भाईरस (काेभिड १९)काे संक्रमित संख्या ९१ पुगेकाे छ ।
चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखा संयाेजक डाक्टर सुधा महर्जन द्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकाले १-१५ वडामा सम्मकाे कुल संक्रमित संख्या ९१ जनाकाे तथ्यांक सार्वजनिक गरेकाे हाे ।
नगरपालिकाका नगर प्रबक्ता हरिभक्त महर्जनले भने, नगरपालिका भित्र काेराेना राेकथामका लागि युद्ध स्तरमा काम भईरहेकाे र संक्रमितको सम्पर्कमा आएकाहरूलाई पनि परीक्षण गरिरहेका छौं ।

कुन वडामा कति संक्रमित/कति डिस्चार्ज ?

चन्द्रागिरि नगरपालिका वडा नम्बर १ मा कुल संक्रमित २ जनामध्ये एक जना निको भएर घर गइसकेका छन् भने एक महिला होम आइसोलेसनमा छन्।
२ नम्बर वडामा १ जना होम आइसोलेसनमा,३ नम्बर मा ५ जनामध्ये ४ जना डिस्चार्ज र १ जना होम आइसोलेसनमा छन्।
वडा नम्बर ४ मा संक्रमित संख्या ४ जना छन्। त्यसमध्ये १ जना होम आइसोलेसनमा,१ जना अस्पताल आइसोलेसनमा, २ जना डिस्चार्ज भएका छन्।
वडा नम्बर ५ मा ४ जनामध्ये १ जना डिस्चार्ज,२ जना अस्पताल आइसोलेसनमा र १ जना होम आइसोलेसनमा छन्।
वडा नम्बर ६ मा ४ जना छन्। जसमध्ये २ जना डिस्चार्ज,२ जना अस्पताल आइसोलेसनमा  छन्।
वडा नम्बर ७ मा ५ जना संक्रमित छन्। जसमध्ये २ जना डिस्चार्ज,१ जना अस्पताल आइसोलेसनमा र १ जना होम आइसोलेसनमा छन्।
वडा नम्बर ८ मा १० जनामध्ये ५ जना डिस्चार्ज, ५  जना अस्पताल आइसोलेसनमा छन्।
वडा नम्बर ९ मा ६ जना संक्रमित छन्। तीमध्ये ३ जना डिस्चार्ज, १ जना अस्पताल आइसोलेसनमा र २ जना होम आइसोलेसनमा छन्।
वडा नम्बर १० मा ७ जना छन्। जसमध्ये ३ जना डिस्चार्ज भएका छन् भने २ जना होम आइसोलेसन र २ जना अस्पताल आइसोलेसनमा छन्।
वडा नम्बर ११ मा कुल संक्रमित संख्या १० जना, ९  जना डिस्चार्ज र १ जना अस्पताल आइसोलेसनमा छन्।
वडा नम्बर १२ मा कुल संक्रमित संख्या १२ जना छ। जसमध्ये ८ जना डिस्चार्ज,३ जना
अस्पताल आइसोलेसनमा,१ जना होम आइसोलेसनमा छन्।
१३ नम्बर वडामा ७ जना संक्रमित छन्। जसमध्ये १ जना डिस्चार्ज १ जना अस्पताल आइसोलेसनमा र ५ जना होम आइसोलेसनमा छन्।
वडा नम्बर १४ मा ४ जनामध्ये १ जना डिस्चार्ज,२ जना अस्पताल आइसोलेसन र १ जना होम आइसोलेसनमा छन् भने वडा नम्बर १५ मा कुल संक्रमित संख्या १० जनामध्ये ५ जना डिस्चार्ज भएका छन् र ५ जना होम आइसोलेसनमा छन्।
प्रकाशित : २०७७, १४ भाद्र आईतवार १९:०६