‘जिगु लसता छ हे’ सार्वजनिक (भिडियो सहित)

  • 150
    Shares
नेपाल भाषाको संगीतमा सबैभन्दा लोकप्रिय गीत ‘छंगु जिगु माया रतन’ गीत प्रतियोगिता बिजेताहरुको नयाँ गीत र म्युजिक भिडियो ‘जिगु लसता छ हे’ सार्वजनिक भएकाे छ ।

गत श्रावण महिनामा कराउक भर्सनमा प्रतियोगिता सम्पन्न भएको थियो।
सो गीतमा प्रथम स्थानमा प्रतियोगिताका बिजेताहरु सुजन शाक्य र सुजिता डंगोलको स्वरमा नयाँ गीत बजारमा आएको हो।
उक्त गीत प्रतियोगिताको आयोजकले घोषणा गरे अनुसार प्रथम स्थान हासिल गर्नेलाई पुरस्कारको रूपमा एउटा नयाँ गीत रेकर्डिङको साथसाथै सो गीतको म्युजिक भिडियो निर्माण गरिदिने घोषणा गरेको थियो ।                सोही अनुरुप आयोजकको तर्फबाट पुरस्कार स्वरुप बिजेताहरुको लागि नेपाल भाषाको गीत ‘ जिगु लसता छ हे ‘ बोलको गीत निर्माण गरिदिएको हो।   
यो गीतमा प्रतियोगिता बिजेताहरु सुजन शाक्य र सुजिता डंगोलको स्वर रहेकोछ भने उक्त गीतको रचनाकार निर्मल रत्न शाक्य र लय निल शाक्यको रहेको छ।
जीवित “जल्मीको संगीत रहेको उक्त गीतको रेकर्डिष्ट सुरेन्द्र श्रेष्ठको सुर मेलोडी स्टुडियो, क्षेत्रपाटी काठमाडौंमा भएको हो।
यस गीतमा कलाकारहरु राजु महर्जन र निर्मला श्रेष्ठले मोडलिङ गरेका हुन् भने साथै नृत्य निर्देशनमा निशिला शाक्य र सहायक नृत्य निर्देशनमा सुजन बज्राचार्यले गरेका हुन् ।
श्रीङ्गारमा पूजा शाही / सबिना मानन्धरले गरेकी छिन् भने क्यामरा, सम्पादन र कलर अमर चित्रकार र सहायक क्यामरामा प्रोजोन पराजुली र सहायक निर्देशकमा मन्जिल शाक्य रहेका छन् ।
उक्त गीतको निर्देशन नेपाल भाषाका लोकप्रिय कलाकार र निर्देशक सुरेन्द्र तुलाधर रहेका छन् ।
चिरन शाक्य, निर्मलरत्न शाक्य ,रन्जना जोशी, सम्झना ल्याब, बाबुराजा ज्यापु, रामकृष्ण जुजु, उत्तम प्रधान, राजु मानन्धर र पुरन सायमिले यस गीतलाई सहयोग गरेका छन् ।
उक्त गीत ‘जिगु लसता छ हे’ लाई एउटा ठुलो कार्यक्रम गरि रिलिज गर्ने सोच भएपनि कोरोना संक्रमणका कारण देशमा निषेधाज्ञा जारी भएपछि निर्देशक सुरेन्द्र तुलाधरको युट्युब मार्फत सार्वजनिक गर्नु परेको गीतका निर्देशक सुरेन्द्र तुलाधरले बताए ।भिडियो ।               https://youtu.be/KTUtXiTz35Y
प्रकाशित : २०७७, १७ भाद्र बुधबार १३:४०