दहचोकमा मनाइने इन्द्र दह स्नान मेला बिधि पुजामा सिमित, पहिलाे पटक भक्तजनलाई निषेधाज्ञा

काठमाडौं भाद्र १७ । चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकमा प्रत्येक वर्ष भाद्र शुक्ल पुर्णिमाको दिन मनाइदै आएको बर्षा एवं सहकालका देवता ईन्द्र पुजिने जात्रा ईन्द्रजात्रा मेला / इन्द्र दह स्नान मेला यस वर्ष नियमित बिधि पुजामा मात्र सिमित भएको छ।
काठमाडौ जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला कोरोनाका कारण प्रभावित भएको हो ।
चन्द्रागिरि नगरपालिकाले नै सुचना जारी गरि मेला राेक्न निर्देशन जारी गरेपछि नेपाल प्रहरी बिहान देखि अाउने भक्त जनहरूलाई फर्काउनु कार्य गरेकाे थियाे ।
काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोक सय गन्तब्य भित्रको इन्द्रदह/काजी कालु पांडे समाधिस्थल क्षेत्रमा परापुर्वकाल देखि भाद्र शुक्ल पुर्णिमाका दिन मनाइदै आएको इन्द्रजात्रा /इन्द्र दह स्नान मेला कोरोना भाइरस कोभिड १९ संक्रमणका कारणले हाल नेपाल सरकारले जारि गरेको निषेधाज्ञा र संक्रमणको जोखिमलाइ मध्यनजर राख्दै इन्द्रजात्रा/ इन्द्र दह स्नान मेला संचालन नगर्ने निर्णय गरेकाे चन्द्रागिरि वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसीले बताए ।                     
प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्रदह स्नानका लागि भक्तजनको घुइँचो लाग्ने उक्त स्थानमा यसवर्ष कोरोनाभाईरसको कारण संक्रमण फैलिन सक्ने भएकोले मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ ।
उक्त स्थानमा इन्द्रले आफ्नी माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाडौँ उपत्यकामा आएको समयमा दहमा स्नान गरेको किंवदन्ती रहेको र सोही समय देखि त्यहा जात्रा मनाउन थालिएको हाे ।
मेला रोकिए पनि नियमित पुजा भने गरिएको छ । सवै समुदायको उतिकै वाहुलेता रहेकाे दहचाेक क्षेत्रमा पहिलाे पटक दहचाेक इन्द्रदह स्नान मेला राेकिएकाे स्थानीय सलमान थापाले बताए ।
प्रत्येक वर्ष भाद्रशुक्ल पूर्णिमाका दिन दहचोकस्थित इन्द्रदहमा इन्द्रदह स्नान मेला भर्न टाढाटाढाबाट हजारौं श्रद्धालु भक्तजन आउने गर्दथे ।
अहिले उक्त क्षेत्रमा धेरै विकासका पूर्वाधारहरु निर्माण गरिएको छ । करीब २०० रोपनीे फैलिएको साँस्कृतिक महत्व बोकेको इन्द्रदह परिसरलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार भ्यूटावर, बहुउद्देश्यीय भवन लगायत पूर्वाधार निर्माण शुरु गरिएको छ।   
काठमाडौको कलङ्कीदेखि ५ किमिको दूरी उत्तर–पश्चिममा अवस्थित दहचोक प्राकृतिक सौन्दर्यका दृष्टिबाट अत्यन्त रमणीय र आकर्षक स्थल मानिन्छ । काठमाडौँ उपत्यका एकसाथ देख्न सकिने सो क्षेत्रमा पौराणिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेका स्थानहरु पनि थुप्रै छन् ।
दहचोकस्थित इन्द्रदह, मनकामना मन्दिर, कालु पाण्डेको सामाधीस्थल, दुई ओडारलगायतका पर्यटकीय स्थल त्यहाँको प्रमुख आकर्षण केन्द्र हुन् ।
दहचोकको इन्द्रदहमा स्नान गर्नाले जस्तोसुकै रोग पनि निको हुन्छ भन्ने जनविश्वास रहिआएको छ । सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको जनविश्वास छ । डॉडामा रहेको इन्द्रदह स्नान मेलाका अवसरमा भने इन्द्रदह पूरै भरिनु यहाँको अद्भूत विशेषता मानिन्छ ।                               
ईन्द्रदह को बारेमा विभिन्न किवदन्ती पाईन्छ-जसमा एक कथन अनुसार आफ्नो आमालाई काबासी पूजा गर्न स्वर्गमा नपाईने पारिजात फुल टिप्न ईन्द्र धर्तिमा आए। हालको मरुस्थल नजीकको बगैचामा फुल चोर्न लाग्दा ईन्द्रलाई स्थानीय बासिन्दाले पक्रेर बानी राखे। ईन्द्र नफर्केपछी ईन्द्रमाता आई बिलौना गरिन र बर्षभरि मरेका आत्मालाई स्वर्ग लैजाने र गहु तथा धान पकाउन हुस्सु र कुहिरो पठाईदिने शर्तमा ईन्द्रलाई फर्काईन। बर्षभरि मरेका आत्मा लाइ ईन्द्रदह को पोखरीमा छोडेर ईन्द्र स्वर्ग गए। यस डाडोलाइ स्वर्ग स्वपान अर्थात स्वर्ग जाने भर्याङ पनि भनिन्छ। यस ठाउमा भाद्र शुक्ल पूर्णिमाको दिन ठुलो मेला लाग्दै आएकाे थियाे ।                       
नेपाल एकीकरणका क्रममा वीरयोद्धा काजी कालु पाण्डेको समाधीस्थल दहचोकमा नै रहनुले त्यहॉको गरिमा थप उचो बनेको छ । पूथ्वीनारायण शाहले काठमाडौँ विजय गर्न त्यही ठाउँलाई आफ्नो पहिलो रोजाइस्थलका रुपमा प्रयोग गरेका थिए । जसको प्रत्यक्ष प्रमाणका रुपमा ठाउँ ठाउँमा गढीहरु देख्नसकिने समाज सेवी जीवन गिरी वताउछन् ।
“यसलाई भौगोलिक एवम् प्राकृतिक दृश्यावलोकनस्थल मात्र होइन, नेपाली इतिहासको एक अध्ययनस्थलका रुपमा पनि हेर्न सकिन्छ” उनी थप्छन ।
दहचोकको अर्को महत्वपूर्ण पक्ष मनकामना मन्दिर हो । पृथ्वीनारायण शाहले उपत्यका विजयका लागि शक्ति प्राप्त गर्न गोरखा जिल्लाको मनकामना माईको प्रतिमा मूर्ति बनाई मन्दिर निर्माण गरेका थिए । उक्त मन्दिरमा रहेको कोत घरको पूजा व्यवस्था पूथ्वीनारायण शाहको पालादेखि नै सुरु भएको हो, जुन आज पनि निरन्तर चल्दै आएको छ ।                                 
दहचोमा रहेको कालु पाण्डेको समाधीस्थल ऐतिहासिकतामा आधारित महत्वपूर्ण स्थल हो । सो स्थल इन्द्रदहभन्दा पनि माथि दहचोकको सबैभन्दा अग्लो भागमा रहेको छ ।
पृथ्वीनारायण शाहको पहिलो कीर्तिपुर आक्रमणमा वीरगति प्राप्त गरेका कालु पाण्डेले मृत्युपर्यन्त गोरखा जिल्ला देखिने स्थानमा आफ्नो टाउको राख्नु भन्ने इच्छा गरेअनुरुप उनको समाधी बनाई राखिएको हो ।
केही वर्षअघिसम्म समाधीस्थलका रुपमा मात्र रहेको भएपनि हाल पाण्डेहरुद्धारा सो स्थानमा पक्की समाधीस्थल बनाई तारबारले घेरी सुरक्षित गरिएको छ ।