बागलुङ हिँडेको गृहमन्त्रीको टोली माेसम खराव पछि स्याङ्जाबाट पाेखरा हाेल्ड,काठमाडौ फिर्ता हुदै

काठमाडौँ । नेपाली सेनाको हेलिकोप्टरमार्फत बाढी पीडितलाई राहत सामग्री लिएर बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दङ हिँडको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को टोली मौसम खराबका कारण फर्किएको छ ।
मौसम खराब भएपछि स्याङ्जासम्म पुगेर गृहमन्त्रीसहितको टोली पोखरा फर्किएको हाे ।
माैसम नखुले पछि गृहमन्त्रीकाे टाेली केही बेरमा काठमाडौं फर्कने तयारी भईरहेकाे कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले बताए ।
बाढी पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन् ।
गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ बाढी आउँदा ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन् । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ ।
अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।
वेपत्ताहरुको खोजीकार्य जारी रहेकाे प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७७, १८ भाद्र बिहीबार १३:२१