जबरजस्ती रथ तान्न खोजेपछि पुल्चोकमा प्रहरी र स्थानिय बिच झडप

  • 30
    Shares
काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।                          प्रहरीले पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको ललितपुर प्रहरीले जनाएको छ । कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
उक्त स्थानमा दाेहाेराे झडप भएपछि काठमाडौ बाट थप प्रहरी परिचालित गरिएको छ ।
प्रकाशित : २०७७, १८ भाद्र बिहीबार १४:२५